ताजा अपडेट »
मिस नेपाल वर्ल्ड २०२४

आस्माकुमारी केसीले जितिन मिस नेपाल वर्ल्ड २०२४ को उपाधि

आइतबार, २० साउन २०८१, ०१ : १३
132 Shares
आइतबार, २० साउन २०८१
132 Shares

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्राण्ड फिनालेमा उनले मिस नेपालको ताज पहिरिएकी हुन । उनलाई मिस नेपाल २०२३ श्रृच्छा प्रधानले ताज पहिराई दिएकी हुन् । मिस नेपाल अर्थको उपाधि भने सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।

snapedit_1722713279276

मिस नेपाल वर्ल्ड–२०२४ बिजेता आस्मा काठमाडौं निवासी हुन् । उनी सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया आस्माको उचाइ ५ फिट ५ इन्च रहेको छ । मिस नेपाल वर्ल्ड २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले  प्रतिस्पर्धा गरेका थिए ।
उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धा सुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

snapedit_1722710705362-Photoroom

सबटाइटलका अन्य विधातर्फ अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उपाधिका साथ उत्कृष्ट भए ।

यस्तै मिस फोटोजेनिक श्रद्धा सुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए । ‘ब्युटी विथ पर्पस’को विधा मिस नेपालको इतिहासमा पहिलोपटक राखिएको हो । वुमन विथ द विंग्स विधा किम्ती श्रेष्ठले जितीन।

Untitled-1

सम्पनन फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकर सहितका ११ जना जजको छोली रहेको थियो । यसवर्षको संस्करणमा मिस नेपालको ३० औं वर्षगाँठ सेलिब्रेसन पनि गरिएको थियो । प्रथम मिस नेपाल रुवी राणाको मन्तव्यसँगै सुरु भएको  फिनालेमा सहाना बज्राचार्य होस्ट रहेकी थिइन । उनलाई २०२३ का मिस नेपालको ब्याच सृच्छा प्रधान, प्रसिद्धि शाह र रेना मजगैयाँले  कोहोस्टका रुपमा साथ दिएका थिए ।

द हिडन ट्रेजरले आयोजना गरेको समारोहमा पूर्व मिस नेपालीहरूको बाक्लो उपस्थिती थियो ।  कार्यक्रममा मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि अतिथिका रुपमा फिनालेमा सहभागि थिए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।