ताजा अपडेट »

नेपालले जित्यो काभा बिच भलिबलको महिलातर्फको उपाधि

शनिबार, १९ साउन २०८१, २२ : ३५
11.23K Shares
शनिबार, १९ साउन २०८१
11.23K Shares

काठमाडौं ।  भुटानको थिम्पुमा शनिबार  सम्पन्न काभा बिच भलिबलको महिला तर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएका छन् । उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनीषा चौधरीको‌ जोडी उपाधि जित्न सफल भएका हुन ।  उनीहरुले  २१-१७ र २१-१४ को जितसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।

पुरुष तर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपबिजेतामा बनेका छन् । उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग  २-० को सोझो सेटमा पराजित हुँदै उपाधि जित्न असफल भएका हुन । यस प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिला तर्फ ७ टोलीको सहभागिता रहेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।