ताजा अपडेट »
रेमिट्यान्स

ग्लोबल आइएमई बैंक र कतारकाे गल्फ एक्सचेन्ज बीच सम्झौता

शनिबार, १९ साउन २०८१, २१ : २३
42 Shares
शनिबार, १९ साउन २०८१
42 Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहजरूपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एप मार्फत ग्लोबल रेमिटबाट सहजरूपमा नेपालमा रेमिट्यास पठाउन सक्नेछन् ।

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपालभर रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरू मार्फत भुक्तानी लिन सकिनेछ । साथै, सम्झौताअनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहजरूपमा रेमिट्यान्स समेत पठाउन सक्ने छन् ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका एक हजार एक सयभन्दा बढी सेवा केन्द्रहरू, जसमा तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम काउन्टर, दुई सय ७७ शाखा रहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।