ताजा अपडेट »
कार्ल्सबर्गको सेयर स्वामित्व

खेतान समूहको गोर्खा ब्रुअरीसहित दक्षिण एसियाको सेयर स्वामित्व कार्ल्सबर्गले १ खर्बमा किन्यो

शनिबार, १९ साउन २०८१, २१ : ०५
46 Shares
शनिबार, १९ साउन २०८१
46 Shares

काठमाडौं । कार्ल्सबर्ग समूहले दक्षिण एसियामा रहेको आफ्नो बाँकी ३३.३३ प्रतिशत सेयर किन्न सीएसएपीएल सिंगापुर होल्डिगसँग सम्झौता गरेको छ । कार्ल्सबर्ग समूहको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसियासँग रहेकाे थियो । आगामी ३ देखि ५ वर्षमा ७४ करोड ४० लाख अमेरिकी डलर (हालको विनीमय दरअनुसार १ खर्ब ३ अर्बभन्दा बढि) मा लेनदेन सम्झौता पूर्ण हुने कार्ल्सबर्ग समूहको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ । प्रस्तावित लेनदेनहरू पूरा भएपछि, कार्ल्सबर्गले हालको व्यापारको सतप्रतिशत स्वामित्व पाउने पनि विज्ञप्तीमा उल्लेख छ ।

कार्ल्सबर्ग समुहका प्रमुख कार्यकारी जेकब अरुप एन्डरसनका अनुसार कार्ल्सबर्ग समूहले एसियाली व्यवसायको हिस्सा प्राप्त गरेसँगै लगानीलाई तिब्र बनाउने भएको छ । नेपालमा कार्ल्सबर्गको व्यापार गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडले गर्दछ ।

गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउथ एसियाकाे पनि सेयर रहेको छ । गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग साउथ एसियाको ९० प्रतिशत स्वामित्व छ भने बाँकी १० प्रतिशतमध्ये अधिकांश व्यवसायी राजेन्द्र खेतानको र थोरै मात्र हिस्सा अन्य व्यवसायीहरूको रहेको छ ।

यो सम्झौतासँगै गोर्खा ब्रुअरीको सम्पूर्ण सेयर कार्ल्सबर्ग समूहको स्वामित्वमा जाने छ । विज्ञप्तिका अनुसार सम्झौताका शर्तहरु पुरा गर्न निश्चित समय लाग्नेछ र केहि प्रस्तावका लागि निश्चित सरकारी स्वीकृति प्राप्त गर्न आवश्यक हुन्छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।