ताजा अपडेट »
निःशुल्क स्वास्थ्य शिविर

यूसीएमएस भैरहवाको सहयोगमा कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

शनिबार, १९ साउन २०८१, २० : ३१
32 Shares
शनिबार, १९ साउन २०८१
32 Shares

कपिलवस्तु । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको सहयोगमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले शनिबार कपिलवस्तुको कृष्णनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कपिलवस्तुको सिमावर्ति बजार कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य शिविरबाट करिब ४५० जना बिरामीहरू लाभान्वित भएका छन । शिविरमा जनरल मेडीसीन, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, दाँत तथा गिजा रोग, छाला तथा यौन रोग लगायतका रोगहरूको निःशुल्क चेक जाँच तथा ईसीजी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण तथा निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको ट्रस्टका अध्यक्ष विश्वनाथ गोयलले जानकारी गराएका छन । 

यस शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरूको जाँच गराएका बिरामीहरूले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचारसमेत गर्ने ट्रस्ट का अध्यक्ष गोयलले बताएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।