ताजा अपडेट »

"कपिलवस्तु महाधाम" अवधी गीत सार्वजनिक

शनिबार, १९ साउन २०८१, १७ : ३१
196 Shares
शनिबार, १९ साउन २०८१
196 Shares

धनी राम काेरी/ ताैलिहवा ।  जिल्लाकाे सदरमुकाम ताैलिहवामा "अवधी भाषा, संस्कृति, कला, साहित्य कै विकास हम्मन सब कै साझा प्रयास " भन्ने मुल नाराकाे साथ कपिलवस्तु महाधाम संगीत परिचर्चा तथा साहित्यिक गाेष्ठी कार्यक्रम गीतकार श्याम प्रकाश लाल श्रीवस्तव द्वारा लिखित " कपिलवस्तु महाधाम " गीत सार्वजनिक गरिएको छ ।

अवधीमा रचना गरिएको "कपिलवस्तु महाधाम " गीत सार्वजनिक गरिएको हाे । कपिलवस्तु जिल्ला भित्र इतिहासिक , साहित्यिक, धार्मिक, पर्यटकीय स्थानकाे प्रचारप्रसार लगायत अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन मुख्य उद्देश रहेको साथै लगायत अवधि भाषा, संस्कृति, कला, साहित्य, गीत, संस्कार र पहिरनकाे संरक्षण गर्ने रहेको छ । 

अवधी साँस्कृतिक समाज कपिलवस्तु आयोजना र नव कपिलवस्तु साहित्यिक समाज कपिलवस्तुकाे सहयोगमा सम्पन्न भएको हाे । 

उक्त कार्यक्रमकाे अध्यक्षता वरिष्ठ कवि पशुपति मणि त्रिपाठी , प्रमुख अतिथि हरिराज शर्मा, विशिष्ट अतिथि पत्रकार मनोज पौडेल , खग प्रसाद चापागाईं, अतिथिमा कासिराम यादब , बशुदेव प्रसाद चौधरी इन्दिरा देवकोटा,  संगीतकार रामाशन्कर राय, सन्दिप दुबे, अवधी साँस्कृतिक समाज कपिलवस्तु संस्थाकाे अध्यक्ष युवराज गुप्ता बैरागी लगायत दर्जनौं भन्दा वढी अवधी कवि तथा संगीतकारकाे सहभागीता रहेको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।