ताजा अपडेट »

लियो क्लव अफ भलवारीद्वारा बोलबमधाममा सरसफाई तथा चियापान

शनिबार, १९ साउन २०८१, १४ : ३८
82 Shares
शनिबार, १९ साउन २०८१
82 Shares

तिलोत्तमा । लियो क्लब अफ भल‌वारीले साउन महिनामा लाग्ने बोलवम यात्रालाई मध्यनजर गर्दै परोहवा मन्दिरमा बोलबम यात्रा, सरसफाई र चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम लायन्स क्लब अफ भलवारीका अध्यक्ष लायन्स भरत खरेलकाे प्रमुख अतिथ्यता रहेकाे कार्यक्रममा १५ जना लियो सदस्यहरको उपस्थिती रहेको थियो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लियो सागर आचर्यका साथै कार्यक्रम संयोजक लियो रुपा श्रीवास्तवले  मनतब्य दिएका थिए।

त्रत्रत्रत्रत्र

यसैगरी क्लबले त्यॅहा उपस्थिति करिव ३०० भक्तजनहरुलाई चिया वितरण गर्नूका साथै उपस्थिती भक्तजनहरुलाई लाइन बस्न सहयोग गरे । क्लवले त्यॅहा यत्र तत्र छरिएका फोहोरलाई  व्यवस्थापन गरेकाे गर्न  क्लबका सचिव लियो मधु पौडेल ले जानकारी दिए ।

उक्त कार्यक्रममा साथ दिने सम्पूर्णलाई धन्यवाद दिदै क्लबकी अध्यक्ष लियो सामना के.सी क्लबले आउने दिनहरुमा पनि समाजमा केही परिवर्तन आउने कार्यक्रम फेरि पनि गर्ने  जान्कारी दिएकी थिईन ।

Untitled-2

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।