ताजा अपडेट »
टिजर

पूजा शर्माको चलचित्र 'रावायण'को टिजर सार्वजनिक

शनिबार, १९ साउन २०८१, १० : ५९
68 Shares
शनिबार, १९ साउन २०८१
68 Shares

काठमाणडाै । सुदर्शन थापाले निर्देशन गरेको चलिचत्र 'रावायण' को टिजर सार्वजनिक गरीएको छ। शुक्रबार काडमाडौंमा  कार्यक्रमकाबीच सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। दाह्री र जुँगा सहितको नयाँ गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्रथामिकताका साथ देखाइएको छ। यो चलिचत्रमा पलका साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, निकिता चण्डकको प्रमुख अभिनय छ।

टिजर सार्वजनिक समारोहमा बोल्दै निर्देशक थापाले यो चलिचत्र आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।  विशेष गरी लभस्टोरी फिल्ममा रोजाइमा पर्ने निर्देशक थापाले 'रावायण' मार्फत आफूलाई नयाँ धारमा परिवर्तन गर्ने कोसिस गरेको बताए। 
 
नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई हेरिरहेका दर्शकका लागि यो चलिचत्रको चरित्र नयाँ स्वाद हुने बताए। उनले लिचत्रमामा आफ्नो दोहोरो भूमिका रहेकोपनी खुलाए।चलिचत्रमा उनले एउटा पोजेटिभ र अर्को नेगेटिभ चरित्र निर्वाह गरेका छन्।

नायीका तथा निर्मात्री पूजा शर्माले आफ्नो टिमले धेरै मेहनतका साथ चलिचत्र बनाएको बताइन्। नयाक तथा कलाकार प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’ बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे। अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि चलिचत्रको पात्र चुनौतीपूर्ण रहेको बताए।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको चलिचत्रको निर्माता पूजा शर्मा हुन भने सुशन पाठक कार्यकारी निर्माता रहेका छन्। शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको यस चलिचत्रमा मिलन श्रेष्ठकाे सम्पादन रहेकाे छ।चलिचत्र भदौ २१ गते रिलिज हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।