ताजा अपडेट »

व्यावसायिक तरकारी खेतिका लागि नर्सरीको स्थापना र व्यवस्थापन सम्वन्धमा जानकारी

शनिबार, १९ साउन २०८१, ०६ : ३९
132 Shares
शनिबार, १९ साउन २०८१
132 Shares

तरकारी नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलिला तरकारीका बिरुवालाई रोप्नका निम्ति अर्को स्थायी ठाउँसम्म नलैजाँदा सम्म अत्यन्त स्याहार गरिने स्थललाई बुझ्नुपर्दछ । सामान्यतया, तरकारी बाली बिउ वा आमा बोटबाट प्राप्त हुने भागबाट खेती गरिन्छ । सिधै बिउबाट लगाइने तरकारी बालिमा भिण्डी, केराउ, बकुल्ला, बोडी, मुला, सलगम, गाजर, फर्सी, साग, धनीया, मेथी, आदी पर्दछन् भने आमा बोटको भागबाट लगाइने तरकारीमा पिँडालु, अदुवा, बेसार, आलु, कुरिलो, पर्वल, आदी पर्दछन्। तर त्यहाँ अन्य त्यस्ता तरकारीका जात पनि छन् जसको बिउ अतिनै सानो हुन्छ र पहिले बिउ छरेर नर्सरी राखिन्छ अनि उपयुक्त बेला आयपछि खेतमा लगाइन्छ। यसरी सारिने तरकारी बालिमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडा, भान्टा, खुर्सानी आदी पर्दछन् ।

निम्न कारणका लागि तरकारी पहिले नर्सरीमा लगाइने गरिन्छ

  • नर्सरीमा बिउ उम्रन र सप्रन चाहिने उपयुक्त अवस्थाको सिर्जना गर्न सकिन्छ।
  • साना तथा कलिला बोटहरूमा लाग्ने किरा, झार अनि कीटाणुको आक्रमणबाट बिरुवालाई बचाउन र हेरबिचार गर्न सानो ठाउँमा सहज हुन्छ।
  • आर्थिक दृष्टिकोणले हेर्ने हो भने नर्सरी बनाएर लगाइएको तरकारीले छिटो तथा मनग्य आम्दानी दिने गर्छ।
  • नर्सरी स्थापना कालसम्म अन्य खेत अरू प्रायोजनका लागि पनि प्रयोग गर्न सकिन्छ।
  • बाली चक्रको प्रयोग सहज हुन जान्छ।
  • नर्सरीमा उमारिएका बिरुवा विशेषतः हाइब्रिड महँगी मूल्यमा बिक्री पनि गर्न सकिन्छ।
  • आखिर किन केही तरकारी बालीलाई सार्नुपर्ने जरुरी हुन्छ त?
  • तरकारी बाली जस्तै गोलभेँडा, भान्टा, खुर्सानी, काउली, बन्दा, आदी सारेकी मात्र अत्यन्त राम्ररी हुर्किन सक्दछन्।
  • यी र यस्ता अन्य तरकारीका बिरुवाले उखेलेर लगाउँदा हुने चोटहरू सहजै बहन गर्न सक्दछन्।
  • यिनिहरुसङ्ग प्राथमिक बाहेक माध्यमिक जराहरू बोट सारेपछि छोटो समयमा बनाउन सक्दछन्।
  • मुख्य खेत जहाँ तरकारी सारिन्छ त्यहाँ बाली लिने समयावधि घट्छ।

768

किन केही तरकारी बालीलाई सार्नुपर्ने जरुरी हुन्छ त?

  • तरकारी बाली जस्तै गोलभेडा, भान्टा, खुर्सानी, काउली, बन्दा, आदी सारेपछि मात्र अत्यन्त राम्ररी हुर्कन सक्दछन।
  • यि र यस्ता अन्य तरकारीका बिरुवाले उखेलेर लगाउँदा हुने चोटहरु सहजै बहन गर्न सक्दछन।
  • निकायहरुसँग प्राथमिक बाहेक माध्यमिक जराहरू बोट सारेपछि छोटो समयमा बनाउन सक्दछन।
  •  जहाँ तरकारी सारीन्छ त्यस खेतमा बाली लिने समयावधि घट्छ।

नर्सरी स्थापनाका लागि क्षेत्र छनौटः
नर्सरीका लागि छानिएको जग्गा एकदमै राम्रोसँग पानी कट्ने हुनुपर्छ। त्यस जग्गामा पानी जम्नु हसदैन । त्यस क्षेत्रमा पर्याप्त सूर्यको प्रकाश, तापक्रम अनि सापेक्षिक आर्द्रता हुनु जरुरी हुन्छ । राम्राे नर्सरीकाे सफलता यिनै कुरामा आधारित हुन्छ। नर्सरी बनाउदा पानीको स्रोतदेखि नजिक हुनुपर्छ । यस्ताे भएमा सिँचाइ गर्न र घरेलु तथा जङ्गली जनावरबाट जोगाउन सजिलो हुन्छ।

माटो र माटोको तयारी:
नर्सरीका बिरुवालाई प्रतिकुल अवस्थाले उम्रनका निम्ति निकै नै बाधा पुर्याउदछ्। चिम्ट्याइलाे तथा बलौटे माटो जुन खुकुलो, फरर परेको हुन्छ याे सजिलै पानी काट्न सकिने हुन्छ । ब्यााड राख्दा त्यस्तो माटो छनौट गर्नुपर्छ। माटोको तयारी गर्दा गहिरो गरी जोतेर, मल मिलाएर त्यहाँ भएका ढेल्ला, ढुङ्गा, अरू बोटका जरा अनि झार हटाएर खेत सम्म्याउनु पर्दछ।

खेतको तयारी पुरा भएपछि नर्सरीको तयारी गर्नु पर्दछ। खेतका हरेक नर्सरीका लागि पानी काट्ने र पानी लगाउने कुलो बनाउन पर्दछ। अन्त्यमा खेतको तयारी गर्दा राम्ररी पाकेको मल १० केजी प्रति १० वर्ग मिटर प्रयोग गर्नु पर्छ। ५ ग्राम युरिया, ५ ग्राम डी.ए.पी. र ५ ग्राम पोटास सुरुमै नर्सरीमा हाल्नु पर्दछ। बिउ उम्रिएको १०-१५ दिनपछि १० ग्राम युरिया एक लिटर पानीमा मिसाएर छर्कनाले बेर्नाको विकासमा प्रोत्साहन गर्दछ।

माटोको उपचार:

कीटाणुबाट बचाउन माटोको उपचार:

– माटोको सोलराईजेसन

जब सूर्यको प्रकाश तेज हुन्छ, मानौँ ४५ डिग्री तब माटो भिजाउन पर्दछ र २०० गजको सेतो प्लास्टिकले ५-६ हप्तासम्म छोप्नु पर्छ र बाहिरबाट हावा छिर्न नसक्ने विधि अपनाउनु पर्दछ। ५-६ हप्ता पछि त्यो प्लास्टिक हटाउनु पर्दछ र बिउ छर्नको लागि नर्सरी तयार गर्नु पर्दछ।

– फर्मालिनले उपचार

२% फर्मालिन @ ४-५ लिटर प्रति वर्ग मिटर हुने गरी १०-१५ सेमीसम्म माटो भिजाउनु पर्छ र नर्सरीको क्षेत्रलाई २०० गजको पोलिथिनको छोप्ने र माटोलाई सोलराइज हुन दिने। १५ दिनपछि पोलिथिन हटाउने र नर्सरी तयार गर्न तर्फ लाग्नु पर्छ।
यदि पर्याप्त समय छैन भने १५:८५ को अनुपातमा फर्मालिनको धुलो र गोठे मलको मिश्रण बनाएर ४००-५०० ग्राम प्रति वर्ग मिटर हुने गरी छर्नु पर्दछ।३) ढुसीनाशकको प्रयोग माटोमै हुने कीटाणुलाई मार्नका निम्ति केही निश्चित ढुसीनाशक जस्तै क्याप्टान, थिराम आदी प्रयोग गर्न सकिन्छ। ४-५ ग्राम प्रति वर्ग मिटरका दरले यी ढुशिनासकद्वारा बिउ छर्नु भन्दा अगावै नर्सरीको उपचार गर्नुपर्दछ।

– किराको विरुद्ध माटोको उपचार:

–किटनाशकको प्रयोग:

फुराडन, हेप्टाक्लोर, फोरेट १० जि आदी उपयुक्त किटनाशक हुन जसलाई ४-५ ग्राम प्रति वर्ग मिटरका दरले सुख्खा माटोमा १५-२० सेमी हुने गरी मिसाउनु पर्दछ।

– वाफले उपचार:

छोपिएको पोलिथिन भित्र ४ घण्टासम्म तातो बाफ छिराउने र केही दिनसम्म यो कार्य दोहोर्‍याउने गर्नुपर्छ र त्यसपछि मात्र बिउ छर्नु पर्दछ।

– बिउको उपचार:

२-३ ग्राम प्रति केजी क्याप्टान वा थिरामले बिउको गर्ने ताकी बिउ बाह्य शत्रु र माटोका हानिकारक जीवाणुबाट बच्न सकोस्।

Untitled-1

नर्सरी ब्याडको तयारी:
नर्सरीका लागि राखिने ब्याड मौसम अनुसार तयार गरिनु पर्दछ। सामान्यतया नर्सरीका ब्याडहरू खास गरी मौसमी र बेमौसमी तरकारीका लागि बनाइने गरिन्छ।
- मौसमी तरकारी उत्पादन गर्नका लागि नर्सरीको ब्याड: मौसमी तरकारीका लागि दुई प्रकारका ब्याड हुने गर्दछन्।
• उठेको नर्सरी ब्याडसः
खास गरी यी खाले ब्याड वर्षा याममा बनाइन्छ। यसमा १ मिटर चौडाइ, १५-२० सेमी उचाइ र आफूलाई चाहिने जति ब्याडको लम्बाई तय गरिन्छ। दुई ब्याडका बिचमा ३०-४० सेमीको खाली ठाउँ राखिन्छ। पानी सजिलै काट्न सकिने हेतुले ब्याडको बिच भाग केही उच्चो र समतल बनाउनु पर्दछ। त्यसपछि ब्याडमा राम्रो दुरी राख्दै बिउ रोप्नु पर्दछ अनि गोठे मल र माटोले पुर्नुपर्दछ। पुरी सकेपछि ब्याडलाई पराल र सुकेका घाँसपातले ब्याडमा छाप्राे बनाउने र हल्का सिँचाइ गर्नुपर्दछ। अति नै वर्षा हुने स्थानमा परालको छाप्रो बनाएर ब्याड राख्ने र अनुकूल वातावरण भएपछि त्यो छाप्रो हटाउने गर्नुपर्छ।
• समतल नर्सरी ब्याड
ब्याडको चिसोपना नहराओस् भनेर यस्तो खालको ब्याड जाडो र सुख्खा याममा तयार गरिन्छ। माथि नै उल्लेखित ब्याडको नापमान यसमा पनि लागु हुन्छ जसमा दुई ब्याड बिचको दुरी ३०-५० सेमी हुनुपर्छ।

बेमौसमी तरकारीको नर्सरी ब्याड
केही विशेष संरचना निर्माण गरेर उच्च तथा कम दुवै तापक्रममा बिरुवा तयार गर्न सकिन्छ। जब खुल्ला खेतमा ब्याड राख्ने अवस्था हुँदैन तब निम्न विधि अपनाएर नर्सरी राखिन्छ।
-लगातार भारी वर्षा भएको बेला
यो अवस्थामा बिरुवाहरू गुमोज, सिसा, छाया तथा अन्य साना संरचनामा जस्तै माटोको भाडा, पोलिथिनको झोला आदीमा माटो, बालुवा र कम्पोस्टको प्रयोग गरी उमार्ने गर्नुपर्छ।
- कम र उच्च तापक्रमका बेलाको अवस्थामा, कृत्रिम तापक्रम मिलाउन सक्ने संरचना बनाउनु पर्दछ जसमा सिसा घर वा गुमोज घर बनाउनु पर्छ। यसो गर्नाले बिउ र बिरुवाको सफलताकासाथ छिटो बाली लिन सकिने अवस्था सिर्जना हुन्छ।
बिउको छराई:
हरेक किसानले बुझ्नु पर्ने कुरा के हो भने स्वस्थ बिउको मात्र प्रयोगले पनि उत्पादन बढाउन सकिन्छ। यदि बिउ बिजनमै खराबी रहेछ भने यहाँहरूले गरेको सबै मिहिनेत खेर जान सक्छ। हजुरहरूको जोताई, सिँचाइ, मल खाद आदीको के काम यदि छरेको बिउ नै उम्रिएन भने। त्यस कारणले राम्रो उत्पादन हासिल गर्ने हो भने किमार्थ बिउमा सम्झौता गर्नु हुँदैन। राम्ररी बिउ उम्रियोस् भन्ने हो भने बिउलाई ढुसीनाशकसँग उपचार गर्नुपर्दछ र पानीमा बिउलाई १२ घण्टासम्म भिजाउनको लागि छोड्नु पर्दछ। बिउ रोप्नु अगाडि भिजेको बिउलाई छायामा सुकाउनु पर्दछ। खास गरी बिउ दुई प्रकारले रोप्न सकिन्छ। :-
हातले छर्ने:
बिउलाई नर्सरी ब्याडमा हातले छरेर त्यसमाथिबाट बुरुलो माटो र हल्का कम्पोस्ट मलले पुर्नु पर्दछ। यो विधिले राखिने बिउको मुख्य समस्या भनेकै बिउ एकैनासले नउम्रनु हो। किसानहरूले बढी यो विधि अपनाएपनी कतै बाक्लो त कतै पातलो गरी बिउ उम्रने हुनाले यसलाई खासै राम्रो मानिँदैन।
लाइनमा लगाउने:
नर्सरी ब्याडमा बिउ लगाउने यो तरिका एकदमै उत्कृष्ट हो। यस विधिमा बिउलाई ५ सेमी लाइनदेखि लाइनको दुरी बनाउँदै ०।५-१ सेमी को गहिराइमा समानान्तर हुने गरी बिउ रोपिन्छ। रोपेपछि बिउलाई हलुका माटो र मलले पुर्ने र तत्काल हलुका सिँचाइ गर्नुपर्दछ।
यस विधिका मुख्य फाईदाहरु:

  • -हरेक बिरुवा स्वस्थ, समान र दरा हुन्छन्।
  • -हातले छर्ने भन्दा यस विधिमा कम बिउले पुग्दछ।
  • -हरेक बिरुवाले समान मल र ठाउँ पाउदछन्।
  • -झारपातको गोडमेल यसमा सहज हुने गर्दछ।
  • -यदी बिरुवामा रोग र किराको प्रकोप बढी भएमा सजिलै नियन्त्रण गर्न सकिन्छ । #krishipress
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।