ताजा अपडेट »
सुदूरपश्चिममा नयाँ सरकार

सुदूरपश्चिममा नयाँ सरकारकालागि दाबी पेस गर्न आव्हान, आइतबार साँझ ५बजे भित्र दाबी पेस गरिसक्नु पर्ने

शनिबार, १९ साउन २०८१, ०७ : ५०
46 Shares
शनिबार, १९ साउन २०८१
46 Shares

धनगडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका आह्वान गर्दै आइतबार ५ बजेसम्म दाबी पेस गर्न समय दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घ राज भट्टले जारी गरेको वक्तव्यमा जनाइकाे छ।

विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुख नजिर मियाँज्यू समक्ष माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१।०४।१८ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि मिति २०८१।०४।२० गते आइतबार बेलुका ५:०० बजे भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ।’

snapedit_1722649729302मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने भने पनि बहुमत नपाउने निश्चित भएसङै राजीनामा दिएका थिए। सोडारी गत वैशाख ६ गते एमाले, माओवादीलगायत दलको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

अब नयाँ गठबन्धनअनुरूप नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी छ। एमालेले समर्थन र सहभागिता जनाउनेछ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।