ताजा अपडेट »

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा

शुक्रबार, १८ साउन २०८१, १८ : ०३
84 Shares
शुक्रबार, १८ साउन २०८१
84 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले विश्वासको मतको प्रस्ताव पेश नै नगरेर राजीनामा दिएका हुन् । उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए । उनी एमाले र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएसँगै असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।