ताजा अपडेट »

नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशालाको आयोजना गर्दै

शुक्रबार, १८ साउन २०८१, १५ : २४
444 Shares
शुक्रबार, १८ साउन २०८१
444 Shares

बुटवल । नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एक दिने कार्यशाला आयोजना गर्ने भएको छ । यही २६ गते भैरहवामा  औषधि उद्योगमा कार्यगत फर्मासिस्ट र सहायक फर्मासिस्टहरुको लागि एक दिने कार्यशाला कार्यक्रमको आयोजना गरिएको नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशका सचिव सचिन अर्यालले जानकारी दिए ।

‘फार्मास्युटिकल्समा वर्तमान राम्रो विनिर्माण अभ्यासको उदीयमान अवधारणा र व्यावहारिक दृष्टिकोण’ विषयमा सहभागिहरुलाई प्रस्ट पारिने सचिव अर्यालले बताए । यस्तै कार्यशालामा बहुराष्ट्रिय औषधि उद्योगमा प्रख्यात र उच्च अनुभवी वरिष्ठ फर्मासिस्ट सुरजबहादुर थापा र नेपाली औषधि क्षेत्रमा लामो अनुभव भएका वरिष्ठ फर्मासिस्ट सभ्यता खनाल र अच्युत विक्रम थापाले प्रशिक्षण दिने कार्यक्रम तय भएको उनले बताए । 

कार्यशालाले औषधि प्रक्रियाहरूसँग सम्बन्धित जोखिमहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न, मूल्याङ्कन गर्न र न्यूनीकरण गर्न पनि सहयोगी हुनेछ, जसले गर्दा नियामक मापदण्डहरूको पालना सुनिश्चित गर्न र समग्र गुणस्तर आश्वासनमा वृद्धि गर्ने सचिव अर्यालले बताए । 

लुम्बिनी प्रदेशमै पहिलो पटक उद्योगमा कार्यगत फर्मासिस्टहरू तथा सहायक फर्मासिस्टहरूलाई लक्षित गरि यो कार्यक्रम  आयोजना गर्न लागिएको र भविष्यमा पनि अन्य क्षेत्रमा कार्यगत फर्मासिस्टहरूहरुको लागि पनि क्षमता अभिवृद्धि कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।