ताजा अपडेट »

इसेवाबाट दैनिक ३ पटकभन्दा बढि पैसा पठाउदा शेवा शुल्क लाग्ने

शुक्रबार, १८ साउन २०८१, १५ : ०७
66 Shares
शुक्रबार, १८ साउन २०८१
66 Shares

काठमाडौं । अनलाइन भुक्तानी सम्बन्धी एप इसेवाले अब देखि दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा सो बापत अतिरिक्त सेवा शुल्क तिर्नुपर्ने जनाएको छ । यही अगस्ट १, २०२४ देखि याे लागु भएकाे हो । ग्राहकले दिनमा ३ पटक सम्म रकम पठाउदा भने अतिरिक्त शुल्क तिर्न पर्दैन । अर्थात् दिनमा ३ पटककाे दरले महिनाभरी  ३० पटकसम्म पैसा पठाउ पनि अतिरिक्त शुल्क नलाग्ने इसेवाले जनाएको छ ।

तर एकै दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा भने सेवा शुल्क वापत रू १० अतरीक्त  लाग्ने बताइएको छ । साथै महिनामा ३० पटकन्दा बढी पैसा पठाए पनि अतिरिक्त शुल्क लाग्नेछ । ‘सेन्ड मनी कारोबार दिनमा ३ पटक गरी महिनामा ३० पटकसम्म निशुल्क रहनेछ ।
 
इसेवाका अनुसार १ सय रूपैया भन्दा कमका सबै सेन्ड मनी कारोबार निशुल्क नै रहनेछन्,’ ‘यो बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ सेवा शु्ल्क लागु हुने  इसेवाले  जारी गरेकाे सूचनामा भिनएकाे  छ ।

नेपालकै पहिलो अनलाइन भुक्तानी माध्यमको रुपमा इसेवालाई  एफ१ सफ्ट इन्टरनेसनल कम्पनीले सन २००९ मा स्थापना गरेको हो । अनलाइन माध्यमबाट रकम लेनदेनका लागि प्रयोगकर्ताहरु माझ यो सर्वाधिक लोकप्रिय रहँदै आएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।