ताजा अपडेट »

लुम्बिनी प्रदेशमा मन्त्रीहरूले पाए जिम्मेवारी,  कुन मन्त्रीले के पाए ?

शुक्रबार, १८ साउन २०८१, १३ : ५४
326 Shares
शुक्रबार, १८ साउन २०८१
326 Shares

बुटवल  । लुम्बिनी  प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ ।  आज लुम्बिनी  प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै  मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।

जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले  कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना,  सरोज  थापाले  सहरी  विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  ।

यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।