ताजा अपडेट »

एनपीएल फ्रेन्चाइज खरिद गर्न क्यानले निकाल्यो सूचना

शुक्रबार, १८ साउन २०८१, १० : ०७
214 Shares
शुक्रबार, १८ साउन २०८१
214 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ । अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो ।

फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ । जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ । यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरु विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ ।

दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

npl notice

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।