ताजा अपडेट »

संघीय संसदमा अर्थसहित ३ समितिको बैठक बस्दै

शुक्रबार, १८ साउन २०८१, ०८ : ११
50 Shares
शुक्रबार, १८ साउन २०८१
50 Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । बैठकमा राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । 

त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०(०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।