ताजा अपडेट »

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी शुरुवात

विहीबार, १७ साउन २०८१, १७ : १३
62 Shares
विहीबार, १७ साउन २०८१
62 Shares

काठमाडौं । नेपालले काठमाडौंमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५-१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो । नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५; १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।