ताजा अपडेट »

करण परियारकाे पहिलो अन्तराष्ट्र्रिय सांगितिक प्रस्तुति यूएईमा हुदै

विहीबार, १७ साउन २०८१, १४ : ५५
28 Shares
विहीबार, १७ साउन २०८१
28 Shares
नेपाल आईडल सिजन– ५ का विजेता करण परियार आफ्नो पहिलो अन्तराष्ट्र्रिय सांगितिक प्रस्तुतिका लागि यूएई जाने भएका छन । करणकाे उपस्थितिमा यूएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको हुनाले उनी यूएइ जान लागेकका हुन। आगामी अगष्ट ३ र ४ तारिखमा यूएईको राजधानी अबुधाबी र दुबईमा हुने कार्यक्रममा करणसहित फस्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा एवं कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन्।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो। उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको छ। 

नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको व्यवस्थापन  गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले बताएका छन। गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले  पपहिलोपटक यूएईमा प्रस्तुति दिन लागेका हुन्। दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोइरालाको भने युएईमा यो दोस्रो कार्यक्रम  हा्े। 

यही अगष्ट ३ तारिखमा अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट , गृन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन्।

त्यसैगरि अगष्ट ४ तारिखमा बरदुबई स्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई, ग्लोबल एनआरएनए, नेपाल आदिबासी जनजाति माहासंघ, नेपाली समाज, तनहुँ समाज, कास्की लगायत २८ बढी सङ्घसंस्थाको सहयोग रहेको आयोजक ईनास यूएईका अध्यक्ष एमडी बोहराले र द अरनिको ईन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा सहभागी हुने कलाकारहरुको टोली शुक्रवार  दुबई उड्ने बताइएको छ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।