ताजा अपडेट »

चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

विहीबार, १७ साउन २०८१, १२ : ४२
46 Shares
विहीबार, १७ साउन २०८१
46 Shares

काठमाडौं । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।

उनका तीन छोरा एक छोरी रहेका छन् । उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।