ताजा अपडेट »

नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ आज हुँदै

विहीबार, १७ साउन २०८१, ०७ : ०५
124 Shares
विहीबार, १७ साउन २०८१
124 Shares

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज हुँदै छ। राष्ट्रपति निवास शीतल निवासमा तीनै प्रदेशका प्रमुखले साँझ ५ बजे शपथ लिनेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रमुख नियुक्त गरिएको जनाएको छ ।

यसअघि यी प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा (बागमती) तथा माओवादी निकट, अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली) थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।