ताजा अपडेट »

रुकुममा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार आरोपी ३ जना पक्राउ

बुधबार, १६ साउन २०८१, १४ : ३४
328 Shares
बुधबार, १६ साउन २०८१
328 Shares

रूकुम पश्चिम । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन्।

चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने अनुसन्धान जारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।