ताजा अपडेट »

भारतको केरलामा बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १४४ नाघ्यो

बुधबार, १६ साउन २०८१, ११ : ५६
176 Shares
बुधबार, १६ साउन २०८१
176 Shares

काठमाडौं। भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १४४ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ ।

प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ । अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।