ताजा अपडेट »
अपराध

माेरङमा छुरा प्रहारबाट २१ वर्षीय यूवककाे हत्या

बुधबार, १६ साउन २०८१, ०८ : १४
80 Shares
बुधबार, १६ साउन २०८१
80 Shares
विराटनगर । मोरङको उर्लाबारीमा मंगलबार साँझ छुरा प्रहार गरेर एकजना युवकको हत्या गरिएको छ । छुरा हानेर उर्लाबारी नगरपालिका(४ का अन्दाजी २१ वर्षीय कुशल दाहालको हत्या गरिएको प्रहरीले जनाएको छ । उनीमाथि उर्लाबारी(५ मा छुरा प्रहार भएको थियो ।

गम्भीर घाइते भएका दाहाललाई उर्लाबारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए उनका अनुसार घटना सुवास तामाङको घरमा भएको हो । तामाङले नै दाहाललाई छुरा हानेको हुनसक्ने बस्नेतले बताए । उनका अनुसार अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको खुलेको छ । घटनापछि उनी फरार छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले खोजी तीव्र बनाएको छ । तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका थिए । व्यक्ति हत्या गरेर जेल परेका उनी कैद सजाय भुक्तान गरेर केही दिनअघि मात्रै छुटेको डीएसपी बस्नेतले बताए ।

उनका अनुसार दाहाल कसरी तामाङको घरमा पुगे र के कारणले घटना भएको हो भनेर यकिन भइसकेको छैन । घटनामा तामाङको मात्रै कि अरुको पनि संलग्नता छ भनेर खुल्न बाँकी रहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार अनुसन्धानपछि घटनाको कारण पत्ता लाग्ने छ ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।