ताजा अपडेट »

ईभी प्लेटफर्ममा बनेको टाटाको पहिलो विद्युतीय गाडी 'पञ्च ईभी' नेपालमा

बुधबार, १६ साउन २०८१, ०८ : ३०
78 Shares
बुधबार, १६ साउन २०८१
78 Shares

काठमाडौं । विद्युतीय प्लेटफर्ममा बनेको टाटाको पहिलो विद्युतीय गाडी पन्च ईभी नेपाल भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आइतबार पन्च ईभी नेपाल ल्याएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजनबाबु श्रेष्ठले टाटा मोटर्ससँग सल्लाह गरेर सडक तथा बजार परीक्षणका लागि पन्च ईभी नेपाल ल्याइएको जानकारी दिए । “मार्केट बुझ्न र रोड टेस्टका लागि अहिले पन्च ईभी नेपाल ल्याएका छौं,” श्रेष्ठले भने, “नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी पनि गरेका छौं । त्यसपछि बजारमा आउँछ ।”

उनले नेपालका लागि यो गाडीको मूल्य कति पर्छ भन्ने कुरा अहिलेसम्म तय नगरिएको सुनाए । सन् २०२४ को सुरुवातमा टाटाले भारतीय बजारमा पन्च ईभी सार्वजनिक गरेको थियो । सम्पूर्ण रूपमा विद्युतीय प्लेटफर्मममा बनेको टाटाको यो नै पहिलो ईभी हो ।

टाटाका अरू विद्युतीय गाडी आईसीई प्लेटफर्ममा बनेका हुन् । सो ईभी प्लेटफर्मलाई कम्पनीले ुएक्टी डट ईभीु नाम दिएको छ । यो गाडीमा दिइएका कतिपय फिचरहरू टाटाको नेक्सन ईभीमा पनि पाउन सकिन्छ । अन्य केही फिचर भने कम्पनीले पन्च ईभीलाई मात्र केन्द्रित गरेर ल्याएको छ । 

टाटाका अन्य ईभी मोडेलभन्दा भिन्नै भएकाले पनि पन्च ईभीको चार्जिङ पोर्ट विशेष छ । सामान्यतः टाटाका गाडीको चार्जिङ पोर्ट पेट्रोलियम गाडीको पेट्रोल हाल्ने ठाउँमा दिइएको हुन्छ ।  तर, यो गाडीमा कम्पनीले अगाडिपट्टि टाटाको लोगो भएको भागमा चार्जिङ पोर्ट समावेश गरेको छ । उक्त पोर्टमा स्लो चार्जर र फास्ट चार्जर दुवैको विकल्प देख्न सकिन्छ । कम्पनीका अनुसार यो गाडीले ५० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ ।

कम्पनीले यो गाडी मिडियम र लङ रेन्ज गरी दुई भेरियन्टमा ल्याएको छ । मिडियम रेन्जलाई एमआर नाम दिइएको छ भने लङ रेन्जलाई एलआर भन्ने गरिएको छ । यो गाडी एलआर ९लङ रेन्ज० र एमआर ९मिडियम रेन्ज० गरी दुई मोडेलमा उपलब्ध छ भने स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, एम पावर्ड र एम पावर्ड प्लस भेरियन्टमा यो गाडी खरिद गर्न सकिनेछ ।

मिडियम रेन्जमा कम्पनीले २५ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध गराएको छ भने लङ रेन्जमा ३५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार मिडियम रेन्जले ८० बीएचपीको पावर उत्पादन गर्न सक्छ भने लङ रेन्जको पावर १२० बीएचपी रहेको छ । त्यस्तै एमआरमा ११४ न्युटन मिटर टर्क छ भने एलआरमा १९० न्युटन मिटर टर्क रहेको छ ।

सिङ्गल चार्जमा एमआरले ३१५ किलोमिटर र एलआरले ४२१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई तीन तरिकाले चार्ज गर्न सकिन्छ । सामान्यतः ३।५ किलोवाट एसी वाल चार्जरले पनि यसलाई चार्ज गर्न मिल्छ ।  उक्त चार्जरबाट एलआर साढे नौ घण्टा र एमआर साढे १३ घण्टामा फुल चार्ज हुने कम्पनीको भनाई छ ।

त्यस्तै ७।२ किलोवाट चार्जरको सहायताले एमआर भेरियन्टलाई साढे तीन घण्टा र एलआरलाई साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ । त्यस्तै ५० किलोवाट डीसी फास्ट चार्जरले गाडीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

मोटरको कुरा गर्नु पर्दा यसको तल्लो भर्सनमा ६० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनाइज मोटर राखिएको छ । त्यस्तै लङ रेञ्जमा ९० किलोवाट आवर क्षमताको मोटर छ । बेस भर्सनलाई शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्न १३।५ सेकेन्ड लाग्छ भने लङ रेञ्ज भेरियन्टले ९।५ सेकेन्डमै उक्त वेग भेट्न सक्छ ।

फ्रन्ट प्रोफाइल

फ्रन्ट प्रोफाइलको कुरा गर्दा सबैभन्दा पहिले अगाडि नै चर्चा गरिसकेको चार्जिङ पोर्ट आउँछ । त्यसपछि कम्पनीले परिवर्तन गरेको अगाडिको डिजाइन आँखामा पर्छ । चार्जिङ पोर्ट रहेको ठाउँको तल ३६० डिग्री एचडी क्यामेरा जडान गरेको देख्न सकिन्छ । यसलाई कम्पनीले सराउन्ड भ्यु सिस्टम नाम दिएको छ । यस्तो क्यामेरा पछाडिपट्टि पनि राखिएको छ ।

अगाडिपट्टि हेर्ने हो भने बोनेटको तल भेन्टिलेटरका लागि राखिएको ग्रिल देख्न सकिन्छ । र, छेउछाउमा पनि भेन्टिलेटर राखिएको छ । जसले ब्याट्री र टायरलाई चिसो बनाइरहने कम्पनीले जनाएको छ । गाडीको अगाडि बोनेटमा इन्डिकेटर लाइट पनि समावेश छ । यस लाइटले तीन ओटा काम गर्छ । एउटा डेटाइम रनिङ ल्याम्प ९डीआरएल०, अर्को इन्डिकेटर र गाडी चार्ज भएअनुसार कति प्रतिशत पुग्यो, त्यति नै लाइट बल्छ ।

टायर

अन्य ईभीभन्दा टाटाले यो ईभीको टायरलाई विशेष बनाएको छ । टायरमा कम्पनीले ‘डायमन्ड कट एलोए’ राखेको छ । यो प्लास्टिकले नभइ विभिन्न धातुको मिश्रणले बनेको छ । त्यस्तै टायर एपोलोको एम्पिरियट टायर राखिएको छ । यो टायर विशेषगरी ईभीका लागि बनाइएको बताइएको छ । यो ईभीका लागि तयार पारिएकाले धेरै टिकाउ हुने भनिएको छ ।

यो गाडीको चार ओटै टायरमा डिस ब्रेक राखिएको छ । तर, यो टप भेरियन्टका लागि मात्र उपलब्ध छ । अन्य भेरियन्टमा भने अगाडि डिस र पछाडि ड्रम ब्रेक दिइएको छ । गाडीको ढोकामा ईभीको लोगो राखिएको छ भने साइड मिररमा ३६० डिग्री क्यामेरा दिइएको छ । प्यासेन्जर साइडमा रहेको डोर नबमा रिक्वेस्ट सेन्सर राखिएको छैन । यो ड्राइभर साइडको ढोकामा मात्र छ । पछाडिपट्टिको ढोका खोल्नका लागि पेट्रोलियम पन्च भेहिकलको जस्तो डोर नब राखिएको छ । चार ओटै ढोका ९० डिग्री कोणसम्म खोल्न सकिन्छ ।

कम्पनीले यसको डाइमेन्सन र डिजाइन पेट्रोलियम पन्च होल गाडीमा जस्तै राखेको छ । यसको ग्राउन्ड क्लियरेन्स भने १९० एमएम रहेको छ । पछाडिपट्टि टाटाको लोगो र त्यसको तल पन्च डट ईभी लेखेको देख्न सकिन्छ । पछाडिपट्टिको इन्डिकेटर भने एलईडी नभएर हेलोजनको छ ।

गाडीको बुटस्पेस पनि स्तरीय नै देखिन्छ । कम्पनीका अनुसार यसको आकार ३६६ लिटर छ । बुटस्पेसको तल पनि युटिलिटी स्पेस ९मर्मतसम्बन्धी आवश्यक सामग्री राख्ने ठाउँ० छ । त्यसमा चार्जरको ब्याग राख्न समेत सकिन्छ । तर यसमा स्पेयर ह्विल भने दिइएको छैन ।

सिट

गाडीको सिटको कुरा गर्नु पर्दा लेदर र फेब्रिकबाट बनेको सिट देख्न सकिन्छ । कम्पनीले यसलाई ‘लेदरेट अल्ट्रा कम्फर्ट सिट’ नाम दिएको छ । पछाडिपट्टि तीन ओटा सिट र सिटबेल्ट राखिएको छ । बीचको भागलाई सिट नभई ‘हेन्ड रेस्ट’ ९हातलाई आराम दिने स्थान० बनाउन पनि सकिन्छ ।

पछाडिपट्टि सिटमा चार्जिङका लागि वा अन्य प्रयोजनका लागि राखिने यूएसबी पोर्टहरू छैनन् । अगाडिपट्टिको सिटको कुरा गर्नुपर्दा ढोका खोल्दा रिक्वेस्ट सेन्सरमा ट्याप गरेर ढोका खोल्न वा बन्द गर्न सकिन्छ । ढोका खोल्ने बित्तिकै भेन्टिलेटेड सिटको विकल्प देख्न सकिन्छ । यसमा सिट हाइट एडजस्टमेन्टको सुविधा पनि दिइएको छ ।

इन्टेरियर भाग

पन्च होल ईभीमा हार्मोन कम्पनीले निर्माण गरेको २६।०३ सीएम एचडी इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । नेक्सन र पन्च होल दुवैमा उस्तै किसिमको स्टार्टिङ एनिमेसन छ । स्टेरिङलाई लेदरले ढाकिएको छ ।  स्टेरिङको बायाँपट्टि मिडिया कन्ट्रोल र दायाँपट्टि क्रुज कन्ट्रोल ९स्पिड कन्ट्रोल गर्ने प्रणाली० बटन राखिएको छ । त्यसको अगाडिपट्टि २६ सेन्टिमिटरको मल्टी इन्फरमेसन डिस्प्ले ९एमआईडी० छ । अर्थात् गाडीमा इन्फोटेनमेन्ट र मल्टी इन्फरमेसन डिस्प्ले छ ।

इन्टेरियर डिजाइनको कुरा गर्दा स्टेरिङको तलपट्टि नब्सको साटो कन्ट्रोल प्यानल दिइएको छ । बुट स्पेस खोल्न, हजार्ड लाइट ९ज्बशबचम ीष्नजतक० कन्ट्रोल गर्न, डोर लक गर्न, ३६० डिग्री क्यामेरा कन्ट्रोल गर्न उक्त प्यानलमा दिएका सङ्केतमा टच गरे पुग्छ ।  त्यसको तलपट्टि १२ भोल्टको सकेट राखिएको छ । त्यसको छेउमा टाइप(सी र यूएसबी पोर्ट दिइएको छ । त्यसको अलि तलपट्टि भने वायरलेस चार्जिङको सिस्टम राखिएको छ ।

गाडीमा स्मार्ट डिजिटल चार्जिङ इन्डिकेटर, स्मार्ट डिजिटल ह्विल स्टेरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम रहेको छ । अगाडिका दुई ओटा सिटको बीचमा ९ड्राइभरको बायाँपट्टि० ह्यान्ड रेस्टका लागि एउटा भाग राखिएको छ । त्यसको ठीक अगाडि इलेक्ट्रोनिक पार्किङ ब्रेक कन्ट्रोल र अटो होल्डको अप्सन छ ।

त्यसको छेउमा दुई ओटा कप होल्ड गर्न मिल्ने स्थान छुट्याइएको छ । त्यसको अगाडिपट्टि डायलर रहेको छ भने त्यसमा स्पोर्ट्स मोड र इको मोडका लागि बटन राखिएका छन् । माथिपट्टिको भागमा सनरुफ दिइएको छ । यसलाई कम्पनीले ‘भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ’ नाम दिएको छ । अर्थात् इलेक्ट्रिक सनरुफलाई आवाजबाटै नियन्त्रण गर्न सकिन्छ । त्यसको अलि तल केही बटनहरू दिइएका छन् । त्यहींको बटनबाट पनि रनरुफ खोल्न र बन्द गर्न सकिन्छ ।

त्यसको विपरीत भागमा आपतकालीन अवस्थामा कल गर्न सकिने एसओएस कल बटन छ । कल बटनभन्दा तलपट्टि अटो डिमिङ आईआरभीएम लाइट राखिएको छ । गाडीमा छ ओटा एयरब्याग छन् ।

इन्फोटेनमेन्ट सिस्टम

गाडीमा २६ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसमा एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा छ । अर्थात् डिभाइसलाई इन्फोटेनमेन्टमा वायरलेस कनेक्ट गर्न सकिन्छ । तपाईंले इन्फोटेनमेन्ट डिस्प्लेमै म्याप्स प्रयोग गर्न सक्नुहुन्छ ।  त्यस्तै मुड लाइट लगायत अन्य कुराहरू त्यहीँबाट कन्ट्रोल गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो गाडीमा केही एपहरू पहिले नै इन्स्टल भएका हुन्छन् । गाडीको उक्त सिस्टममा भिडिओ स्ट्रिमिङ, म्युजिक र गेमिङ एपहरू देख्न सकिन्छ ।  एप्पल कार प्ले अथवा एन्ड्रोइड अटोको जानकारीलाई इन्फोटेनमेन्टबाट एमआईडी ९स्टेरिङको अगाडिपट्टि रहेको डिस्प्ले० मा सार्न पनि सकिन्छ ।

मूल्य

कम्पनीले भारतमा पन्च ईभीको बेस भेरियन्टको मूल्य १० लाख ९९ हजार भारु राखेको छ भने टप भेरियन्टको मूल्य साढे १४ लाख भारु छ । पन्च ईभीको ब्याट्री क्षमता १०० किलोवाटसम्मको छ । आगामी आर्थिक वर्षका लागि यो रेञ्जको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तस्शुल्क कायम गरिएको छ । अर्थात् कम्पनीको मूल्यमा भन्सार र अन्तः शुल्क मात्र जोड्दा नेपालमा पन्च ईभीको सुरुवात मूल्य २४ लाखदेखि सुरु हुने अनुमान गर्न सकिन्छ । यद्यपि मूल्य भने नाडा अटो शो पछि नै सार्वजनिक हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।