ताजा अपडेट »
अटोमोबाईल

चिनिया ईभी नामी–१ नेपाली बजारमा, ४० लाख भित्रै किन्न सकिने

बुधबार, १६ साउन २०८१, ०७ : १६
88 Shares
बुधबार, १६ साउन २०८१
88 Shares

नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धि अटोकर्पले चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी नामी ०१ भित्र्याएको छ । हाल परीक्षण चलिरहे पनि औपचारिक रुपमा यसको बिक्री–वितरण प्रारम्भ भएको छैन । सो गाडी नाडा अटो शोमा समेत प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।

नामी ०१ को मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सो मूल्य सार्वजनिक गरिएको थियो । यसका आधारमा अन्तिम मूल्य पनि यसकै हाराहारी हुने अनुमान गर्न सकिन्छ।

नेपाल आएको भेरिएन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर यात्रा गर्न सकिने दावी छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी ०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने जनाइएको छ । डुअल टोन सेटअपमा निकै आकर्षक देखिनेगरी सो कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एसी भेन्ट्स र टु– स्पोक स्टेरिङ ह्विल पाउन सकिन्छ । सुरक्षाका लागि यसमा लेवल टु एडिएएस फिचर सहित ३६० डिग्री क्यामेरा र डुअल फ्रन्ट एयरब्याग लगायत उपलब्ध छ ।

नामी- ०१ को लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० एमएम लामो ह्विलबेस रहेको छ । यसमा १७ इन्चको ह्विल र १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।