ताजा अपडेट »

परियार सेवा समाजको तेस्रो अधिवेशन तथा दोस्रो साधारणसभा

मंगलबार, १५ साउन २०८१, १६ : ०१
62 Shares
मंगलबार, १५ साउन २०८१
62 Shares

बुटवल। परियार सेवा समाज रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन तथा दोस्रो साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष लोक बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण बहादुर नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपालीले परियार समुदायको हकहित र एकताको लागि यो संस्था स्थापना भएकोले यसको विकास र उत्थानका लागि सबै परियारहरु एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बोल्दै परियार समुदायको हितमा रहेर सधै लागि परेको बताउँदै वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

त्यस्तैगरी कार्यक्रममा सुन्दरनगर खानेपानी संस्थान बुटवलका अध्यक्ष विरमान लामाले आपसी भाईचाराको रुपमा एकतावद्ध भएर बसेका परियारहरु एकजुट नहुँदा सम्म राज्यका हरेक तहमा पुग्न नसक्ने बताए ।  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा  परियार सेवा समाज रुपन्देहीका सल्लाहकार राम कुमार रणपालले बोल्दै परियार समुदाय कला र सीपका धनी भएकाले राज्यका हरेक निकायमा समावेश हुनुपर्ने बताउँदै त्यसका लागि देशभरका परियारहरु एकजुट भएर अगाडि बढ्ने बेला आएको बताए ।  

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष सरोज गौतम, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुवास परियार, तिलोत्तमा फुटवल एकेडेमीका अध्यक्ष तिलक नेपाली, रामु परियार, राजु बराह, नरेन्द्र दर्जीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष लोक बहादुर नेपालीले आफ्नो कार्यकालमा भएका विभिन्न प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तैगरी समाजको भवन निर्माण गर्दा आर्थिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । संघका जिल्ला सचिव लक्ष्मण परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।  अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।