ताजा अपडेट »

लुम्बिनीसहित ३ प्रदेशका प्रमुखलाई हटाउने सरकारको निर्णय

मंगलबार, १५ साउन २०८१, ०६ : ५०
466 Shares
मंगलबार, १५ साउन २०८१
466 Shares

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो । 

जसअनुसार वाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको छ । सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । 

यस्तै लुम्बिनी प्रदेशमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीहरू पनि अब हट्ने भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।