ताजा अपडेट »

ज्योतिषी खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

मंगलबार, १५ साउन २०८१, ०६ : ४५
112 Shares
मंगलबार, १५ साउन २०८१
112 Shares

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।