ताजा अपडेट »

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मंगलबार, १५ साउन २०८१, ०६ : ३२
2.08K Shares
मंगलबार, १५ साउन २०८१
2.08K Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । 

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी  देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।