ताजा अपडेट »

नेप्सेमा २० अंकको गिरावट

सोमबार, १४ साउन २०८१, १५ : १४
74 Shares
सोमबार, १४ साउन २०८१
74 Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ  ।

आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार ६६० पटक खरिदबिक्री हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ बराबरको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९. ७७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मुल्य ८.५८ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी आरम्भ लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपालको शेयर मुल्य ७.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार ६८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने कुमारी बैंकको २४ लाख ६३ हजार ६९ कित्ता शेयर किनबेच भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।