ताजा अपडेट »

सांसद डाँगीको प्रधानमन्त्रीलाई प्रश्न- १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

सोमबार, १४ साउन २०८१, १५ : ०३
46 Shares
सोमबार, १४ साउन २०८१
46 Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गठन भएको १५ दिन बितिसकेको भन्दै टियु क्रिकेट मैदानको भौतिक प्रगति सोधेकी हुन् । 

उनले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् । डाँगीले सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्दै डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न माग समेत गरिन् ।

उनले भनिन्- ‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्दछु ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।