ताजा अपडेट »

रोटरी मेडिकोफ्युजनद्वारा हेपाटाइटिस सचेतना कार्यक्रम

सोमबार, १४ साउन २०८१, १३ : ३५
142 Shares
सोमबार, १४ साउन २०८१
142 Shares

बुटवल । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाईब्रीड नेपालको आयोजनामा आशा फाउण्डेशनमा रहेर उपचार गराइरहेकाहरुलाई लागुऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आशा फाउण्डेशनले बुटवल देविनगरमा लागुपदार्थ, मद्यपान उपचार तथा पुर्नस्थापना केन्द्र सञ्चालन गरेको छ । केन्द्रमा उपचार गराइरहेका २६ जनाका लागि लक्षित सो कार्यक्रममा रक्त परीक्षण गरी हेपाटाइटिस बी स्क्रिनिङ्ग गरिएको थियो ।

सो अवसरमा रोटरीयन डा. मनिष विश्वकर्मा र डा. साहिल भुसालले हेपाइटिस बी सर्नुको कारण र यसबाट बच्ने उपायको बारेमा प्रकाश पारेका थिए । यस्तै क्लवका अध्यक्ष रोटरीयन डा। बिक्रम काफ्लेले नेपालमा लागुऔषध प्रयोगकर्ताको तथ्यांक र बढ्दो अवस्थाको बारेमा प्रकाश पार्नुभयो । लागुऔषधको प्रयोगले हुने शारीरिक, मानसिक र सामाजिक असरको बारेमा समेत उनले जानकारी गराएका थिए ।

लागुपदार्थ तथा मद्यपानको अत्याधिक प्रयोग एक मानसिक समस्या भएको र यो अन्य रोगझैं उपचार गराएमा निको हुने उनको भनाइ छ । बढ्दो मानसिक समस्याको बारेमा समाजमा खुलेर कुरा गर्ने अवस्था सिर्जना गर्ने दायित्व व्यक्ति, परिवार, सामाजिक संघ संस्था सबैको रहेको उनले स्पष्ट पारे । ए वान हेल्थ एट केपिएल डाइगोनोसिसको प्राविधिक सहयोगमा गरिएको होपाटाइसिस बी स्क्रिनिङ्गमा संस्थाका अध्यक्ष विजय बस्नेतले क्लवसँग मिलेर आगामी दिनहरुमा अन्य कार्यक्रम गर्न आफू तयार रहेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।