ताजा अपडेट »

सहकारी छानबिन संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै

सोमबार, १४ साउन २०८१, १२ : १५
42 Shares
सोमबार, १४ साउन २०८१
42 Shares

काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ ।जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । तीन महिनाको कार्यादेश पाएको समितिको दुई महिनाको समय बितेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम गठन भएको समितिमा एमाले सांसद सुर्यबहादुर थापा सभापति रहेका छन् भने कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेसदस्यमा सरिता भुसाल माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।