ताजा अपडेट »

धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा

सोमबार, १४ साउन २०८१, १२ : ०६
4.20K Shares
सोमबार, १४ साउन २०८१
4.20K Shares

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको नाममा अनुष्ठान गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । 

प्रहरीले उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।