ताजा अपडेट »

पोखरामा स्कूल बस दुर्घटना अपडेट : आमा छोराले गुमाए ज्यान

सोमबार, १४ साउन २०८१, ११ : ४५
160 Shares
सोमबार, १४ साउन २०८१
160 Shares

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमा छोराले ज्यान गुमाएका छन् । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।