ताजा अपडेट »

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज

सोमबार, १४ साउन २०८१, ११ : ०१
38 Shares
सोमबार, १४ साउन २०८१
38 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अपराहन्न १: ०० बजे बस्ने भएको छ । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।