ताजा अपडेट »

गोरखाको धार्चेमा पहिरोमा बेपत्ता पाँच जनाको अवस्था अझै अज्ञात

सोमबार, १४ साउन २०८१, १० : ३९
46 Shares
सोमबार, १४ साउन २०८१
46 Shares

 

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् ।

शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहरुको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ भने अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन । पहिरोले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको प्रहरीले बताएको छ ।

खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।