ताजा अपडेट »

रुकुमका दीपकको अमेरिकामा गोली हानी हत्या

सोमबार, १४ साउन २०८१, ०९ : १९
312 Shares
सोमबार, १४ साउन २०८१
312 Shares

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको खसोखासडटकमले जनाएको छ । 

उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। स्थानीय समयअनुसार आइतबार बिहान उनको गोली हानी हत्या भएको समाचारमा उल्लेख छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको अधिकारीहरूले बताएका छन् । 

गत वर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका एक नेपालीको गोली हानी हत्या भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।