ताजा अपडेट »
मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशकी कृषि मन्त्री थापा बर्खास्त, प्रदेशसभा बैठकमा सहभागी भएकै कारणा हटाइयाे

सोमबार, १४ साउन २०८१, ०७ : ५१
146 Shares
सोमबार, १४ साउन २०८१
146 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आईतबारको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो । यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए ।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन् ।

संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।