ताजा अपडेट »

मनसुनी वायुको प्रभाव कायमै, देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

सोमबार, १४ साउन २०८१, ०७ : ०६
1.97K Shares
सोमबार, १४ साउन २०८१
1.97K Shares

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी  देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।