ताजा अपडेट »

नेप्सेले गर्यो मौद्रिक नीतिको स्वागत, ११३ अंकले बढ्यो

आइतबार, १३ साउन २०८१, १५ : ३८
62 Shares
आइतबार, १३ साउन २०८१
62 Shares

काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ 

मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५  रुपैयाँको कारोबार भएको छ ।

आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भएको छ ।आज बैंकहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमइ, सिटिजन, प्राइम, कृषि विकास बैंक र नेपाल बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी गणपति लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा पनि कुमारी बैंकको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।