ताजा अपडेट »

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

आइतबार, १३ साउन २०८१, ११ : ४१
134 Shares
आइतबार, १३ साउन २०८१
134 Shares

बुटवल। रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले रुपन्देहीको सियारी गाउँपालीका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख सँग अन्तरक्रिया गरेको हो ।  रोटरी क्ल्व अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह आयोजनामा आगामी साता सियारी गाउँपालिकामा क्लबले गर्ने बृहत स्वास्थ्य शिविर सम्बन्धमा अन्तरक्रिया आयोजना गरिएको क्लवका अध्यक्ष देवीराम पाण्डेले जानकारी दिए । 

बुटवल पाखापानीमा अवस्थ्ति एडमण्ड सिटी अस्पताको प्राविधिक सहयोग र सियारी गाउँपालीकाको सहकार्यमा हुने बृहत स्वास्थ्य शिविरमा जनरल फिजिसियन, महिला ,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, हार्डजोर्नी, मेरुदण्ड तथा नशारोग विशेषज्ञ, दन्त तथा नेत्र रोग बिशेषज्ञ लगायतका चिकित्सकको उपस्थितीमा बृहत्तर स्वास्थ शिविरको आयोजना गर्न लागीएको क्लवका हेल्थ कमिटी च्यर राजु गुरुङ्गले जानकारी दिए । उनले विभिन्न १० भन्दा बढी बिषयगत चिकित्सकद्धारा सियारी गाउँ पालीकामा बृहत्तर रुपमा स्वास्थ्य परिक्षण गर्न लागीएको बताए । 

स्वास्थ्य शिविरमा जनरल फिजिसियन चिकित्क एवं रोटरी क्लव तिलोत्तमा रुपन्देहीका सदस्य रोटरीयन डाक्टर नन्दु पाठक, स्त्री तथा प्रसुति रोग बिशेषज्ञका रुपमा रोटरीयन डाक्टर सतिष रुपाखेती, सँगै हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नि प्रत्यारोपण बिशेषज्ञका रुपमा प्रा.डा. प्रकृतिराज कडेल, पेट, छाती मुटु रोग बिषेशष एव जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा। कमल कार्की, डा.चन्द्रमोहन शाह, डा.रुची गूप्ता लगायतका बिशेषज्ञ चिकित्सकको उपस्थितीमा बृहतर शिविरको अयोजना गर्न लागीएको हो । 

बृहत स्वास्थ्य शिविरका बिषयमा आयोनजा गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सियारी गाउँपालीका प्रमुख थानेश्वर घिमिरेले सियारी गाउँबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै बृहत्तर स्वास्थ्य शिविरको आयोजना गर्न लागेकोमा क्लवलाई धन्यवाद दिदै पालीकाले आफ्नो तर्पmबाट पुर्ण रुपमा सहयोग गर्ने बताए । उनले स्वास्थ्य परिक्षणका लागी अस्पताल धाउनु पर्नेमा स्वयं अस्पताल नै बरिष्ठ चिकित्सक सहित घर आगनमै आउनु सह्रायिन बिषय भएको भन्दै उहाँले स्वास्थ्य शिविरमा निर्धक्कका साथ आफ्ना समस्या चिकित्स सँग राख्दै स्वास्थ्य परिक्षण गराउन आग्रह गरे।  

कार्यक्रममा सियारी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर जि।सीले सियारी गाउँपालिका वडा नम्बर ४ छापिया चोकमा रहेको पब्लिक नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर संचालन गर्ने गरी पालिकाले समन्वय गर्ने बताए । 

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष बालकृष्ण अर्याल, गोपाल ज्ञवाली उपाध्यक्ष निराजन पोख्रेल, डा. सतिष रुपाखेती, रोट्रयाक क्लवका अध्यक्ष मोहन खत्री, सन्दिप पौडेल, दिनेश गैरे  लगायतले शिविर संचालनका बिषयमा महत्वपुर्ण भनाई राखेका थिए। रोटरी अन्ताष्ट्रिय बार्षिक क्यालेन्डर अनुसार जुलाई महिना मातृत्व तथा शिशु स्वास्थ्यको महिना रहेको हुदाँ क्लवले महिला शिशु स्वास्थय सँगै बृहत स्वास्थ्य शिविरको आयेजना गरेको क्लवका सचिव अर्जुन प्रसाद आचार्यले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।