ताजा अपडेट »

हाम्रो नेपालको अनौठो संसद भवन !

आइतबार, १३ साउन २०८१, ११ : ३३
182 Shares
आइतबार, १३ साउन २०८१
182 Shares

विनोद पाण्डे / हाम्रो देश नेपालको संसद भवन अचम्मको खालको छ नि ! थाहा छ तपाईहरुलाई? ताजुब, नाटकी र नौटङकी लाग्ने अनौठो संसद भवनको अनौठो विश्लेषण गरौँ न है ।

१) हाम्रो संसद भवन भित्र रहेका प्रतिपक्षले सरकार पक्षलाई साथ दिनै मिल्दैन र सरकार पक्षले आफ्नो कमजोरी देख्न र मान्नै सक्दैन र प्रतिपक्षको प्रश्न र सुझाब सरकारले सुन्न र पचाउनै सक्दैन ।
२) अध्ययन नगरी जे पनि बोल्न पाईन्छ । न त सत्य, न त तथ्य र न त प्रमाण बोल्दिए मात्र हुन्छ। उठ्यो माईक ठोक्यो अनि विन्दासले बोल्न मन लागेको बोल्यो ।
३) कुर्चि तोड्नेले तोड्न पाईन्छ, टेवल फोड्नेले फोड्न पाईन्छ र हात हाल्नेले हाल्न पाईन्छ ।
४) १५/२० दिनको जनता झुक्यान अभियानमा सहभागी भई झुक्याई जित प्राप्त गरी निर्धक्क ५ वर्षसम्म भत्ता कमाएर, निद्राको मिठासपन लिएर हाई गर्दै आँखा मिच्दै बस्न पाईन्छ । 
५)  संसद भवनमा सांसदको रुपमा निर्वाचित हुदा पढेको हुनुपर्छ भन्ने छैन, कसैले लेखिदिएको मिल्दै नमिल्ने ती  शब्द,व्याकरण,अर्थ मिश्रित वाक्य बोल्दैमा  केही फरकै पर्दैन ।
६) सिमानाको कुरा गर्न पर्दैन,जनताको अवस्था भन्न मिल्दैन, विकासको बारे सोच्न पर्दैन, नीतिको बारे बोल्न मिल्दैन अनौठो छ है संसद भवन ।
७) सासंदको भुमिकाबारे थाहा पाईरहनु पर्दैन, मुख्य काम प्रधानमन्त्रीलाई विश्वास र अविश्वासको मत दिने, सरकार ढाल्ने हो । सासंद व्यक्ति होईनन अंक हुन भन्ने सोच्ने अचम्मको संसद ।
८) अश्लिल शब्द बोल्न पाईन्छ, असामाजिक हर्कत देखाउन पाईन्छ,जाने सम्मको गाली गर्न पाईन्छ, अति नै भए रेकर्डबाट हटाउन सकिन्छ ,कारबाही गर्न मिल्दैन निर्लज्जित संसद भवन ।
९) तपाईले जाने सम्म संसद भवनमा तपाईको जनजिवन बारे बोलिएको छ ? त्रिशुलीमा बगेका बस र मानिसको बारे सोचिएको छ ? गरिबीको कारण भोकै बसेका कुरा उठान भएको छ ? रोजगारी नभएर विदेशिएका लाखौ युवाको कुरा गरिएको छ/छैन। यस्तो बहस गर्नपर्छ भन्ने न त सासंदलाई थाहा छ न त गराउनु पर्छ भन्ने हाम्रो अनौठो संसद भवनलाई नै थाहा छ ।
१०) फेसबुक, ट्विटर ,फोन चलाउन पाईन्छ,भोला भनौ वा गुट्खा पचाउन पाईन्छ।
११) नेपाल देश ,राष्ट्रभाषा नेपाली, नेपाली जनता भएको संसद भवनमा हिन्दी भाषामा प्रश्न सोध्न र जवाफ दिन पाईन्छ । 
१२) भ्रष्टाचारीले भ्रष्टाचार विरुद्वको, मानव तस्करीले मानव अधिकारको, सहकारी पिडकले सहकारी पिडितको, दलेले सिमानाको, चोरले सदाचारीताको, हत्याराले सजिवको संरक्षणको सम्बन्धमा गर्जिएर, चर्किएर, तर्किएर बोल्न मिल्छ ।

संसद भवनलाई मेरो एउटा प्रश्न थियो तपाईं कसरी अनौठो बन्नुभयो ?  संसद भवनको जवाफ थियो पहिला जनता अनौठो भए, अनि सासंद अनौठो भए अनि म बाध्यताले अनौठो भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।