ताजा अपडेट »

अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने

आइतबार, १३ साउन २०८१, १० : १८
86 Shares
आइतबार, १३ साउन २०८१
86 Shares

काठमाडौं । अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्यूजील्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ । यो खेल भारतको ग्रेटर नोयडा स्पोर्ट्स कम्प्लेक्स ग्राउण्डमा हुने बोर्डले जानकारी दिएको छ । २०१७ को जुनमा अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो भने पहिलो खेल २०१८को जुनमा भारतविरुद्ध पहिलो टेस्ट खेलेको थियो ।

अहिलेसम्म अफगानिस्तानले ९ टेस्ट खेलेको छ भने ३ टेस्ट जितेको छ । अफगानिस्तानले अहिलेसम्म बंगलादेश, आयरल्याण्ड र जिम्बाबेलाई पराजित गरेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।