ताजा अपडेट »

पत्रकारसँगको मैत्री पूर्ण खेलमा इक्यान रुपन्देही ७ रनले विजयी

आइतबार, १३ साउन २०८१, ०८ : ५२
124 Shares
आइतबार, १३ साउन २०८१
124 Shares

बुटवल । बुटवलमा शनिबार सम्पन्न मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी भएको छ । खेलमार्फत भातृत्व विकास गर्ने उद्देश्यसाथ ईक्यान रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा पत्रकारको टिमलाई ७ रनले पराजित गर्दै ईक्यान रुपन्देही विजयी भएको हो ।

नहरपुर मावि खेलमैदानमा भएको प्रतियोगितामा एक समारोहका बीच खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डे, ईक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, संयोजक निशानबाबु कार्कीले विजयी, उपविजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

टस हारेर ब्याटिङ गर्न मैदान छिरेको ईक्यानको टिमले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । ईक्यानका लागि विश्व गौतमले सर्वाधिक ४२ रन जोडे भने दिनेश पौडेलले ४० रनको योगदान दिएका थिए । पत्रकारको टिमका प्रकाश पाण्डे र सुमन श्रेष्ठले समान २/२ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको पत्रकारको टिमले राम्रो शुरुवात गर्न सकेन । ओपनर पाल बहादुर सोमई ८ तथा रतन कंडेल १ रनमै आउट भए । दोहोरो अंक छुन नसकेको पत्रकार टिमका लागि मध्यम क्रममा आएका डिबि सुस्लिङले सम्हालिँदै १७ रन बनाए । पत्रकारको टिमबाट छैटो नम्बरमा आएका कृष्ण भण्डरीले खेलमा पहिलो अर्धसतक पूरा गरे । उनले रोहित चौधरीसंग राम्रो साझेदारी गर्दै एक्लै ७२ रनको महत्वपूर्ण पारी खेलेपनि टिमलाई जित दिलाउनबाट चुके । खेलमा ईक्यानका विश्व गौतम, उपेन्द्र यादव र गोबिन्दराज अधिकारीले समान २/२ विकेट लिए । खेलमा ईक्यानका विश्व गौतम उत्कृष्ट खेलाडी घोषित भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।