ताजा अपडेट »
अटाे माेबाइल

बीवाईडीका दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर संचालनमा

आइतबार, १३ साउन २०८१, ०८ : ३०
104 Shares
आइतबार, १३ साउन २०८१
104 Shares

काठमाडौं । बीवाईडी ईभीका दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा आएका छन् । बीवाईडीका लागि नेपालस्थित आधिकारिक वितरक साइमेक्स इङ्कले काठमाडौं र ललितपुरमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको हो । सन् २०२२ मा साइमेक्सले गौरीघाटमा खोलेको सर्भिस सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो मापदण्ड अनुसार परिष्कृत बनाई अत्याधुनिक बनाइएको हो भने ललितपुरको कुपन्डोलमा नयाँ सर्भिस सेन्टर खोलिएको हो ।

“नयाँ सुविधासहित काठमाडौं उपत्यकामा सर्भिस नेटवर्क विस्तार गर्न पाउँदा हामी हर्षित छौं”, साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले भने, “हाम्रो लक्ष्य भनेको उच्च स्तरीय क्वालिटी र केयरका साथ ग्राहकको आवश्यकता पूरा गर्दै अतुलनीय सेवा अनुभव प्रदान गर्नु हो ।”

४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेहिकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने आठ ओटा ‘सर्भिस बे’ रहेका छन् । कम्पनीका अनुसार ग्राहकलाई स्तरीय सेवा अनुभव प्रदान गर्न स्पेयर पार्ट्स वेयर हाउसको व्यवस्था गरिएको छ । डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत राखिएको छ । गौरीघाट सर्भिस सेन्टरमा सुपेरियर सर्भिस प्रदान गर्न प्रतिबद्ध ५० कर्मचारी रहेको कम्पनीले उल्लेख गरेको छ ।

WhatsApp-Image-2024-07-26-at-2.39.17-PM-768x512

त्यस्तै ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपन्डोलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आठ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टरमा ६ ओटा ‘सर्भिस बे’ छन् । यी मध्ये दुई ओटा आपतकालीन सेवाका लागि प्रयोग गर्न सकिन्छ भने बाँकी चार ओटा नियमित किसिमको सर्भिसिङका लागि प्रयोग गरिने छ । 

ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्न यी सर्भिस सेन्टरले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।  सर्भिस सेन्टर बाहेक साइमेक्सले आवश्यकता अनुसार आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेहिकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ ।

गौरीघाट र कुपन्डोलका साथै विराटनगर, बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा बीवाईडीका सर्भिस सेन्टर सञ्चालित छन् । आगामी तीन महिनाभित्र इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा बीवाईडी सर्भिस नेटवर्क सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।