ताजा अपडेट »

गोरखामा पहिरोले ३ जना वेपत्ता, २ जनाको जिवितै उद्धार

आइतबार, १३ साउन २०८१, ०८ : ३३
390 Shares
फाइल तस्विर
आइतबार, १३ साउन २०८१
390 Shares

बुटवल । गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । 

पहिरोमा ५ जना परेकामा २ जनाको जिवितै उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको उनले बताए । घटना भएको थाहा पाएपछि टोली परिचालन भएको बताउँदै उनले विस्तृत जानकारी आउन बाँकी रहेको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।