ताजा अपडेट »

लायन्स क्लव अफ देवदह युनाईटेडको बृक्षारोपण सहित सरसफाइ कार्यक्रम

आइतबार, १३ साउन २०८१, ०७ : ४६
146 Shares
आइतबार, १३ साउन २०८१
146 Shares

तपाइँको नेपाली शब्दहरू बुटवल । लायन्स क्लव अफ देवदह युनाइटेडले देवदह ९ घोडाहा स्थित स्मृति वनवाटिकाको हाता भित्र बृक्षारोपण सम्पन्न गरेको थियो । सामाजिक कार्यमा सकृय क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत शनिबार बृक्षारोपण गरेको हो । कार्यक्रममा क्लबले करिब ५५ वटा बिरुवा रोपो र ४० वटा बिरुवा रोप्ने जिम्मा र संरक्षणको जिम्मेवारी बाटिका समितिले स्वयम लिनुका साथै भयको र बाँकि क्लवका सह संयोजक द्वय टिकाराम चापागाइँ र अनन्तराम भण्डारीले जिम्मेवारी लिने जानकारी दिए।

स्मृति सामुदायिक बन ले स्मृति बाटिका परिसरमा लायन्स क्लब अफ देवदह युनाइटेडलाई लायन्स बाटिका, क्लब सचिवालय र पिकनिक ट्रस्ट बनाउने जग्गा ब्यबस्थापन गरेको र क्लबले सोहि योजना अन्तर्गत यस बर्ष आर्थिक संकलन गरि केहि अंश निमार्ण कार्यलाई अघि बढाउने भन्दै यस कार्यमा लाग्न लायन्सहरूलाई आग्रह गरेको थिए ।

image_6483441 (1)

सो कार्यमा प्रमुख अतिथि लायन डिष्ट्रिक ३२५ पि का 'भाइस डिष्ट्रिक को-चिफ एड्भाईजर' लायन बिष्णु प्रसाद पौडेलले आर्थिक नैतिक, जिन्सी वा भौतिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए भने बनका उपाध्यक्ष ले सहि कार्यका लागि सक्दाे सहयोग गर्ने बताए ।

क्लवका अध्यक्ष लायन माधब आचार्यको अध्यक्षता, लायन डिष्ट्रिक ३२५ पि का भाइस डिष्ट्रिक को-चिफ एड्भाईजर लायन बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा, डिष्ट्रिक डिप्युटि चियर लायन राम बहादुर गुरुङ, रिजन ४ का रिजन चियर पर्सन बिनोद थापा मगर र सामुदायिक वनका उपाध्यक्ष अर्जुन ढकाल बिशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा डिष्ट्रिक प्रोग्राम मेम्बर लायन मन बहादुर क्षेत्री, कमल पौडेल, लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष बिजय अंगाई, रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष सन्दिप पौडेल, स्मृति बनबाटिकाका सचिव सुशिला भटराई र अन्य पदाधिकारी, लायन्स लिडरहरू लगायत विभिन्न विशिष्ट सामाजिक व्यक्तित्वहरूको उपस्थिती रहेकाे थियो ।

क्लवका सचिव लायन अर्जुन कुमार गुरुङको संचालन प्रथम उपाध्यक्ष लायन गणेश सापकोटाको स्वागत मन्तव्य एवं कार्यक्रमका संयोजक यमलाल शर्मा ज्यूको धन्यवाद ज्ञापन सहित कार्यक्रम सम्पन्न भयको थियो । यहाँ जाँच गर्नुहोस्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।