ताजा अपडेट »
पदीय गरीमा भुलेका मन्त्री

गन्जि (भित्री बस्त्र) लगाएर गण्डकीका मन्त्री मनाङे कार्यकक्षमा, समाजिक संजालैभरी तिब्र आलोचना

शनिबार, १२ साउन २०८१, २३ : ४४
112 Shares
शनिबार, १२ साउन २०८१
112 Shares

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) यति बेला पुन: सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । मन्त्रालयको कार्यकक्षमा  भित्री बस्त्र अर्थात गन्जी (स्यान्डो) लगाएको उनको फोटो आज विहानदेखि सामाजिक संजालभरी भाइरल छ ।  मन्त्री पदको गरीमानै नराखी घरको कोठामा बसेजसरी राष्ट्रिय झण्डा अगाडी राखेर झण्डाकै अपमानहुने गरी सेण्डो बनियनमा मन्त्रीको कुर्चीमा आसिन उनि चर्को आलोचनामा परेका छन ।

फोटोमा मनाङेले शरीरको माथिल्लो भागको कपडा खोलेर गन्जीमात्र लगाएका छन् । उनको रातो जाकेट वा कोट छेवैको र्‍याकमा झुन्डिएको समेत देख्न सकिन्छ । मन्त्रालयको कुर्चीमा बसेर  मनाङे कोहीसँग कुराकानी गरिरहेको देख्न सकिन्छ । उनीसँगै फोटोमा भएका अर्को एक आगन्तुक भने मनाङेको कुरा सुनिरहेका देखिन्छन । 

विवादित छवि भएका उनको पछिल्लो फोटोलाई लिएर विभिन्न मिम पेज तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले तिब्र आलोचना गरेका छन् । सामाजिक सञ्जाल एक्समा गजेन्द्रमान श्रेष्ठ लेख्छन्, “यो त अति भो, मनाङे मन्त्री । पद अनुसार रहन सिक । यो तिम्रो जिउ प्रदर्शन गर्ने कुर्सी होइन । मुख्य मन्त्री, हिम्मत भए कारबाही गर यस्ता अनुशासनहिन विरुद्ध ।” 

त्यस्तै नयनन्द्र खत्रीले लेखेका छन्, ‘स्यान्डो मन्त्री मनाङेलाई बाहुला भएको सर्ट दे सरकार साथमा एसी पनि’। अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता ज्ञानेन्द्र खड्का लेख्छन्, ‘दीपक मनाङे म नाङ्गै, दलहरू झन् नाङ्गै’ । त्यस्तै नवराज पन्तले पनि व्यङ्ग गर्दै मनाङेलाई ‘म नाङ्गै’ भनेर पोस्ट गरेका छन् ।

छैटौंपटक मन्त्री बनेका मनाङेको हर्कतलाई लिएर सामाजिक सञ्जालमा कडा टिप्पणी भइरहेको छ । पटक पटक सरकार परिवर्तन हुदा बहालबाला सरकार छाडी नया बन्न लागेको गठबन्धन सरकारलाई समर्थन गर्दै हरेक पटक मन्त्री पद प्राप्त गर्ने उनि एक मात्र सदाबहार मन्त्री हुन ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।