ताजा अपडेट »

बुटवल हस्पिटल र पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि. बिच उपचार सम्झौंता

शनिबार, १२ साउन २०८१, २३ : २१
286 Shares
शनिबार, १२ साउन २०८१
286 Shares

बुटवल । बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रा.लि.ले यस क्षेत्रका संघ संस्था मार्फत पनि उपचार सहजता सम्झौता अघि बढाएको छ । यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. संग उपचार सहजता सम्झौता गरेको छ । भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब पश्चिम नेपाल बस व्यवसायीसंगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने छ । सम्झौता पछि पश्चिन नेपाल बस व्यवसायी प्रा.ली. को सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरुका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्ने गरि लिखित सम्झौता गरेको हो ।

सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेका छन भने बस व्यवसायीका तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जिवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपानेकाे हस्ताक्षर रहेकाे छ । सो अवसरमा बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष पौडेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउदै अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि राजधानी काडमाडौं देखि भारतिय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने उदेश्य रहेको बताए।

उनले भने –अहिले पनि धेरै बिरामीहरु भारतिय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ । उहांले देशभरीनै संजाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. संगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने समेत  बताए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का संचालक तथा दुर्घटना संयोजक जिवन कुमार बञ्जाडेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पठउन नपर्ने बताए ।
उहांले भने –बुटवलमा पहिलो पटक अस्पताल बनेकोछ, अब यहांका बिरामीलाई महागो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयागोग गरेर बचाउनु पर्दछ । बुटवल हस्पिटलसंग पश्चिम नेपाल बस व्यवसायी प्रा लीको उपचार सम्झौता संगै देशभरीका व्यवसायीहरुका लागि पनि सहज हुने प्रा लीका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपालेले बताए ।

सम्झौता भएसंगै अब पश्चिम नेपाल बस व्यवासयी प्रा लीमा सवार यात्रु, कर्मचारी,, मजदुर व्यवसायी र उनिहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुट सहित हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।